नवलपरासीको बुंदीकाली ५ मा नेकपाका खरु मगर विजयी

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
kdsajf

नवलपरासी, १५ मंसिर । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका ५ मा वडाअध्यक्षको पदका लागि भएको निर्वाचनमा नेकपाका खिमबहादुर थापा खरु मगर विजयी भएका छन् ।

नेकपाका खिमबहादुर थापा खरु मगरले ३ सय ६७ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै नेपाली काँग्रेसका तुलबहादुर राना मगरले २ सय ३१ मत र समाजवादी पार्टीका पितमबहादुर राना मगरले ७ मत प्राप्त गरेका छन् । खसेको मत मध्य १० मत बदर भएको छ । यहाँ ८ सय ५३ मतदाता रहेकोमा ६ सय १५ मत खसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width