नारच्याङ ताल बन्यो बरफको रंगशाला

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
Frozen Lake

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ मा रहेको नारच्याङ ताल जमेर बरफ भएपछि सतहमा रमाउँदै युवा । तस्वीर : रुपनारायण ।

रुपनारायण ढकाल– पोखरा, १४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ ताल बिहानको समयमा जमेर बरफको रंगशाला जस्तो बन्ने गरेको छ । हिउँदयाममा खासगरी तापक्रम तल झरेको समयमा तालको यस्तो रुपले युवालाई बढी मात्रामा रोमाञ्चित बनाउने गरेको छ । ताल पुग्ने युवा तालको सतहमा खेलेर रमाउने गरेका छन् । तर बाटो कठिन हुँदा नगन्य मानिस मात्र तालसम्म पुग्न सक्छन् ।

जमेर बरफ बनेको तालमा ठूलो ढुंगा प्रहार गर्दा समेत सतह नफुटेपछि हालै उक्त तालको प्रवद्र्धनका लागि त्यहाँ पुगेका युवा तालमाथि खेलेर रमाएका थिए । ताल जम्दा कति डिग्रीसम्म तापक्रम तल ओर्लन्छ भन्ने कुनै मापन भने गरिएको छैन ।

ताल रहेको म्याग्दीको उत्तरी अन्नपूर्ण आधार शिविरमा अहिले चिसो पनि निकै बढेको छ । हिउँ भने परिसकेको छैन । हिउँ परेपछि झनै चिसो बढ्ने र तालको जमाई अझै कडा हुने निकै पटक आधार शिविर पुगेका नारच्याङ, म्याग्दीका वृद्ध मनबहादुर पुर्जाले जानकारी दिए । ताल करिव १ किलोमिटर लामो र ४ सय मिटर जति चौडा रहेको छ ।

माथिबाट आउने ग्ल्यासियर नै तालको पानीको मुख्य श्रोत हो । यो तालको बारेमा कुनै विस्तृत अध्ययन समेत हुन सकेको छैन । तालको लम्बाई, चौडाई र गहिराई बारेको आधिकारिक तथ्यांक सरकारी निकायले पनि हालसम्म बाहिर ल्याएका छैनन् ।

यो ताल हिमाली चुचुराहरुले धेरैतिरबाट घेरिएको छ । झण्डै सात दशक अघि फ्रान्सेली नागरिक मौरिस हर्जोगले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल पहिलोपटक आरोहण गरेपछि तल रहेको यस तालले केही पहिचान पाए पनि अझैसम्म राम्रो प्रचार हुन नसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए । सुन्दर ताल र त्यहाँ पुग्ने मार्ग प्रवद्र्धनका लागि हालै सो गाउँपालिकाले एक प्रवद्र्धन कार्यक्रम समेत आयोजना गरेको अध्यक्ष पुनले स्मरण गराए ।

अन्नपूर्ण गाउँपालिका–५, शिखका सुरेन गुरुङले तालसम्म पुग्ने पदमार्ग मर्मत संभार गरी सो क्षेत्रमा पुग्ने पर्यटक बढाउन सकिने सुनाए । गुरुङ आफै पनि उक्त तालमा हालै पुगेका थिए । ताल र वरपरको हिमाली सुन्दरताले जो कोहीलाई पनि आकर्षित गर्ने अनुभव उनले बाँडे ।

तालसम्म पुग्ने मार्ग प्रवद्र्धन गरी स्थानीयको जीवनस्तर उकास्ने शोच अनुसार ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) समेत प्रवद्र्धनमा सहभागी भएको संस्थाका साधारण सदस्य एवं इसेन्स ट्रेक्स एण्ड एक्सपिडिसन संचालक रामचन्द्र अधिकारीले सुनाए ।

म्याग्दी सदरमुकाम वेनीबाट भुरुङ तातोपानी हुँदै नारच्याङ पुगेपछि पैदलयात्रा गरी लेकगाउँ, छोटेपा, हुमखोला हुँदै ३ देखि ४ दिनमा तालसम्म पुग्न सकिन्छ । छोटेपासम्म सडक मार्ग बनेका कारण त्यहाँबाट यात्रा शुरु गरे समय केही छोटिन्छ । लेकगाउँ र छोटेपा भन्दा माथि मानव वस्ती छैनन् ।

क्याम्पिङका आधारित पदयात्रा गर्नुपर्छ । बाटो कठिन भएका कारण ताल रहेको आधार शिविरमा आरोहीहरु हेलिकोप्टरमा गएर अन्नपूर्ण हिमाल चढ्ने गरेका छन् । ताल प्रवद्र्धन र उत्तरी अन्नपूर्ण आधार शिविर प्रवद्र्धन गर्न मिडियाले सही सूचना दिनुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नाच्र्याङका अध्यक्ष तेज गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width