ढिस्कोले पुरिएर ५ मजदुरको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
pppa

फाइल फोटो

पोखरा, १५ मंसिर । पोखरा महानगरपालिका-२० मौजा बिसौनामा आइतबार बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । उक्त घटनास्थल भलाम–मौजा ग्रामीण सडक खण्ड अन्तरगत पर्छ ।

मृत्यु हुनेहरुमा सल्यान जिल्ला बागचौर नगरपालिका वडा-४, पेदीखोलाका तोबान बस्नेत, जीत बहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी, खिमलाल ओली र गणेश ओली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले बताए। सडक निर्माणका क्रममा एक्कासी माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका सडक खनिरहेका ५ जना मजलुरको मृत्यु भएको हो । थप विवरण आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width