ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
pppa

फाइल फोटो

पोखरा, १५ मंसिर । कास्कीको पोखरा महानगपालिका–२० मौजामा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । भलाम– मौजा ग्रामिण सडक खन्ने क्रममा ढिस्को खस्दा ४ जना पुरिएर मृत्यु भएको हो । ५ जना ढिस्कोमा पुरिएकमा ४ जनाको शव निकालिएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार सबै ढिस्कोभित्र पुरिएका कारण मृत्यु भैसकेको अनुमान गरिएको छ । प्रहरीको टोली घटनास्थल तर्फ गैरहेको छ । थप विवरण आउन बाँकी छ । ढिस्कोले पुरिएका अन्य १ जनाको वाहिर निकाल्ने काम भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width