पूजा कापी उद्योगको साधारणसभा जर्मनीमा

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
Puja Copy_Fotor

पूजा कापी उद्योग प्रालि, भरतपुर–४ चितवनको दोस्रो वार्षिक साधारणसभा जर्मनीको शहर गोटिङगनमा सम्पन्न भएको छ ।

आधुनिक र स्वचालित प्रविधिबाट सञ्चालनमा आएको यस उद्योगले जर्मनीमा गरेको साधारणसभाको प्रशंसा गर्दै प्रमुख अतिथि गैरआवासीय नेपाली संघ जर्मनीका वरिष्ठ उपाध्यक्ष मिलनराज पन्तले पूजा कापी उद्योगको सम्पूर्ण टिमलाई थप सफलताको शुभकामना व्यक्त गरे।

नेपाल विश्व व्यापार सङ्गठनको सदस्य समेत रहेको हुँदा कानूनी रुपमा नेपालीहरुलाई अन्तराष्ट्रिय व्यापार गर्न दिएको खण्डमा नेपालको वर्तमान रेमिटेन्स केही वर्षमै दोब्बर हुने दाबी गरे। खुला अर्थनीति र लगानीको दिगो सुरक्षा प्रत्याभूति दिन सकेमा गैरआवासीय नेपाली तथा अन्तराष्ट्रिय व्यवसायीहरुले नेपालमा अथाह लगानी गर्न सक्ने सम्भावना रहेको पनि उनले बताए।

कम्पनीका अध्यक्ष सञ्जयकुमार चौधरीले जसले सपना देख्छ त्यसले सपना पूरा गर्न सक्ने बताउँदै उद्योगलाई अबका दिनमा नयाँ सोचका साथ अगाडि बढाउने र देशकै नमुना उद्योगको रुपमा अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले पूजा कापी उधोग नेपालमा स्थापना भए पनि अन्तराष्ट्रिय उद्योग भैसकेको दाबी गरे। उनले सन् २०२० को नेपाल पर्यटन वर्षको अवसरमा नेपाल भ्रमणको लागि सबैजना लाई आमन्त्रण समेत गरे।

कार्यक्रममा संस्थापक अध्यक्ष उत्तमप्रसाद रेग्मीले उद्योगको हितको लागि शेयर सदस्य र व्यवसायी एकजुट र सकारात्मक सोचका साथ अगाडि बढ्दा छोटो समयमा नै व्यावसायिक फडको मारेको बताए।

कार्यक्रममा शेयर सदस्य तथा युवा उद्यमी सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय रुपमा सेवा गर्न उक्त उद्योग तत्पर रहेको भन्दै उद्योगले अन्य उत्पादन को क्षेत्रमा पनि लगानी गर्ने बताए।

गोटिङ्गगन शहरमा भएको उक्त कार्यक्रममा एनआरएनका युएन संयोजक लक्ष्मण जोशी, गोटिङ्गगनका वरिष्ठ राजनीतिज्ञ तथा परियोजना विकास विज्ञ स्टेफन, अटोमोबाइल उद्यमी तसिलो बच, उधोगी फ्रयान्क, युवाउद्यमी प्रवीन पन्त, अमृत पौडेल, युवा व्यवसायी राजेन्द्र पाण्डे लगायत गेटिङ्गगनका अन्य जर्मनी व्यवसायीको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

त्यस्तै, कार्यक्रममा प्रबन्धक पिताम्बर पोखरेलले वार्षिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समिति संयोजक ताराराम श्रेष्ठ लेखा समितिको प्रतिवेदन, कम्पनीको लेखा परीक्षक दामोदर वस्ताकोटीले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थापक अध्यक्ष उत्तमप्रसाद रेग्मी लगायत विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो। कम्पनी अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक शिव पौडेलले स्वागत र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रीय सचिव एवं कम्पनी सञ्चालक नारायण काफ्लेले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width