नेपालको महिला भलिबल टोली घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो।
नेपालले श्रीलंकामाथि २५–१४, २५–१८ र २५–२१ को जित निकाल्यो। श्रीलंकालाई हराएसँगै नेपालले ऐतिहासिक रजत पदक पाउने पक्का भएको छ। नेपालले अहिलेसम्म सागमा कास्य पदक मात्र जितेको छ। अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ।
भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएर फाइनल पुगिसकेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो। भारतले माल्दिभ्समाथि २५–१४, २५–१६ र २५–१७ को जित निकाल्यो।
पाकिस्तान सेमिफाइनलमा
पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
पाकिस्तानले सुरुवाती सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गरेको थियो। पहिलो सेट ३०–२८ ले गुमाएको पाकिस्तानले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो।
पाकिस्तानले दोस्रो सेटमा २५–१८, तेस्रो २५–२० र अन्तिम सेट २५–२१ ले जितेको थियो। जितसँगै पाकिस्तानले समूह ‘बी’ बाट २ खेलमा ४ अंक जोड्यो। श्रीलंकाले २ खेलमा २ अंक जोड्यो। श्रीलंका उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ। यस समूहबाट दुवै खेल गुमाएको माल्दिभ्स बाहिरिएको छ।
अब, पाकिस्तानले सेमिफाइनलआम समूह ‘ए’ को उपविजेता बंगलादेशसँग खेल्नेछ। यस्तै श्रीलंकाले समूह ‘ए’ को विजेता भारतसँग खेल्नेछ। पुरुष भलिबलको सेमिफाइनल खेल आइतबार हुनेछ। पुरुष भलिबलमा आयोजक नेपाल समूह चरणबाटै बाहिरिसकेको छ।
बागलुङ, २० मंसिर । कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको हो । सङ्ग्रहालयको आइतबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतबाट सामूहिक उद्घाटन हुँदैछ । छिटपुटबाहेक सङ्ग्रहालय निर्माणको काम सकिएको मन्दिरका अध्यक्ष…
तपाइको विचार व्यक्त गर्नुहोस्