काँग्रेस नेता जोशीमाथि आक्रमणको प्रयास

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७६
joshi

पोखरा, १४ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीमाथि आक्रमणको प्रयास भएको छ ।शुक्रबार मध्यरात उनी बसेको होटलमा पुगेर आक्रमणको प्रयास भएको हो। मध्यरात होटलमा पुगेर २ जनाले जोशीबारे सोधिखोजी गरी आक्रमण गर्ने योजना बनाएका थिए ।

उनीहरुले नेता जोशी बसेको पोखरा बुटिक होटलको रिसेप्शन तोडफोड गरेका छन् । होटलका कर्मचारीले सीसी क्यामेरा रहेको जानकारी गराएपछि उनीहरु त्यहाँबाट फर्केका थिए ।
निरुत्साहित गर्ने उद्देश्यले नै नेकपाको तर्फबाट आक्रमणको योजना बनाइएको दावी गर्दै जोशीले भने, ‘चुनावलाई प्रभावित गर्ने उदेश्यले नै आक्रमणको योजना बनाइएको हो। यो पराजित मानसिकताको उपज हो।’ लामो समय पोखरामा खटिएका नेता जोशीको प्रभावका कारण उनीमाथि आक्रमणको योजना बनाइएको हुन सक्ने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width