१६ औं लेखनाथ महोत्सव तयारी तीव्र

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७६
lcc_Fotor

१६ औं लेखनाथ महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारी। तसवीर : भीमपाणि बराल /आदर्श समाज।

समग्र गण्डकी प्रदेशकै आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनाको संयुक्त आयोजनामा पोखरा–२७, तालचोक डाँडाकोनाकमा १६ औं लेखनाथ महोत्सव–२०७६ तयारी गरिएको छ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरी पुस ३ देखि १५ गतेसम्म हुने महोत्सवको आवश्यक तयारी तीव्र पारिएको जनाएको छ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूलनाराका साथ हुने महोत्सवले औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, कलासंस्कृति, रीतिरिवाजको जगेर्ना सहित पर्यटन प्रवद्र्धन गरी नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउने उद्देश्य राखेको छ।

महोत्सव मुख्य आकर्षणमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, गण्डकी तारा प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, रीतिरिवाज तथा संस्कृति झल्कने नृत्य, झाँकीर्याली तथा भेषभूषा प्रदर्शन, लाइभ म्युजिक कन्सर्ट, कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेशिनरी, कपोर्रेट, अटो, जनरल, फेन्सी, गामेर्न्ट, डेरी, फुड फेस्टिबल लगायत छन्।

यस्तै, कविशिरोमणि लेखनाथ पौड्यालको सम्मानमा माविस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता, राष्ट्रियस्तरको कविता प्रतियोगिता महोत्सवको दुई दिनअघि शुरु हुनेछ।

महोत्सवमा कुल ३ सय ३६ स्टल रहनेछन्। तीमध्ये ६० प्रतिशत स्टल बुक भइसकेको जनाइएको छ। महोत्सवमा १५ करोड रुपैयाँसम्म कारोबार हुने, १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ २० लाख बचत गर्ने आयोजकको अनुमान छ। बचत रकम प्रदर्शनीस्थलको स्तरोन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने छ। महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ।

एडभान्स ग्रुपको एड्भान्स सिमेन्टको मुख्य प्रायोजन रहेको महोत्सवको लागि विभिन्न उपसमिति गठन गरिएको प्रचार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघ उपमहासचिव उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए।

महोत्सव ब्यवस्थित र प्रभावकारी तरिकाले संचालन गर्नका लागि आठ सदस्यीय निर्देशक समिति, २७ सदस्यीय सल्लाहकार समिति, विभिन्न उपसमिति र कार्यसम्पादन समिति गठन गरिएको छ।

आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रयोजक एड्भान्स ग्रुपको एड्भान्स सिमेन्टका बिक्री प्रतिनिधि राजेन्द्र ओझा, पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारी लगायतले महोत्सव सफल पार्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए। संघ महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width