पोखरा महोत्सवमा स्टल बुकिङ अन्तिममा

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७६
pokhara festival_Fotor

दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको जनाइएको छ।

स्थानीय युनाइटेड क्लबको आयोजनामा पुस २९ देखि माघ १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौं संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए।

कुल १३ दिनसम्म चल्ने महोत्सवमा २ सय ५० स्टल मध्ये ९० प्रतिशत स्टल बुकिङ भएको हो। महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्न निःशुल्क स्टलको ब्यवस्था गरिने आयोजकले जनाएको छ। महोत्सवमा १२ वटा रेष्टुरेण्टका स्टल रहनेछ भने हस्तकला, कृषी, अटो, पुष्प, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सूचना प्रविधि र उद्योगका स्टलहरु रहने प्रचारप्रसार संयोजक थापाले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width