ह्वावेको आफ्नै इन्टलिजेन्ट इकोसिस्टम

एजेन्सी
मंसिर १२, २०७६
huwawai_Fotor

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ले सिंगापुरमा पहिलो एप्याक डिभेलपर डे आयोजना गरेको छ।

डिभेलपर डेमा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १ सय ५० भन्दा बढी साझेदारको सहभागिता थियो।

कार्यक्रममा ह्वावेले एउटा खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो योजनाबारे जानकारी गराएको थियो।

ह्वावेले खुला इकोसिस्टम अन्तर्गत अल सियानोरियो, नवीनतम प्रविधि जस्तै ह्वावे मोबाइल सर्भिसेस ओपन केपेबिलिटिज, ह्वावे डिभाइसेस, फाइभ जी नेटवर्कहरू तथा एआई–पावर्ड एपहरूले सपोर्ट गर्ने सिमलेस डिजिटल लिभिङ को निर्माण गर्ने लक्ष्य रहेको छ।

ह्वावे कन्ज्युमर बिजनेस ग्रुपको उपस्थिति विश्वव्यापी बजारमा बलियो हुँदै गइरहेको छ।

ह्वावे विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन आपूर्तिकर्ता हो। ह्वावेले सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २ सय मिलियनभन्दा बढी मोबाइल फोन आपूर्ति गर्यो । अघिल्लो वर्षको तुलनामा ह्वावेका अन्य उत्पादनहरूको पनि आपूर्तिमा निरन्तर वृद्धि आएको छ।

‘हाम्रो लागि अब ह्वावे इकोसिस्टम सार्वजनिक गर्ने समय आइसकेको छ किनकि यस क्षेत्रमा ३० वर्षभन्दा बढी समय बिताइसकेपछि हामी एउटा परिपक्व चरणमा पुगिसकेका छौँ, ’ ह्वावे कन्ज्युमर क्लाउड सर्भिसका अध्यक्ष झाङ पिङ यानले भने।

Related News

सम्बन्धित समाचार

hero news full width