प्रशोधित पानीको मूल्य घट्यो

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
mineral water bottled water nepal

प्रदेश बजार अनुगमन नियमावली, २०७६ को अधिकार प्रयोग गरी प्रदेश बजार अनुगमन समिति, गण्डकीले प्रशोधित पानीको मूल्य घटाउन सफल भएको छ। जसका कारण अब गण्डकी प्रदेशका उपभोक्ताले कम मूल्यमा प्रशोधित पानी पिउन पाउने भएका छन्।

प्रदेश बजार अनुगमन समिति गण्डकी र नेपाल बोटल वाटर उद्योग संघ गण्डकीको सहमतिमा मंगलवार प्रशोधित पानीको मूल्य निर्धारण गरिएको हो। समितिले नेपालका ७ वटा प्रदेशमध्ये पहिलो पटक प्रदेश नियमावली २०७६ को अधिकार प्रयोग गरी प्रशोधित पानीको मूल्य निर्धारण गर्न सफल भएको हो।

उपभोक्ताले प्रशोधित १ लिटरको मिनरल वाटर बोत्तल २५ रुपैयाँमा खरिद गर्दै आएका थिए भने मंसिर २० बाट १६ रुपैयाँमा प्राप्त गर्ने छन्।

प्रशोधित २० लिटरको जारमा पानी ६० रुपैयाँबाट घटाएर ५० रुपैयाँमा उपभोक्ताले प्राप्त गर्ने छन्। उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले पानीको एमआरपी मूल्य घटाउन समिति सफल भएको र जसले आमउपभोक्ताले राहत अनुभूति गर्न सक्ने बताए। ‘घटेको मूल्य गण्डकी प्रदेशका ११ वटै जिल्लामा लागू हुनेछ, कसैले अटेर गरी मूल्य घटाएन भने बजार हस्तक्षेप गर्छौ, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्ष्ण निर्देशनालय, गण्डकी निर्देशक गोकुल शर्मा पौडेलले बताए।

‘नेपाल बोटल वाटर उद्योग संघसँग सहमति गरेर नै मूल्य निर्धारण गरिएको हो, यदि कसैले कार्यान्वयन गदैर्न भने ती उद्योगलाई कानून बमोजिम कारवाही हुन्छ, ’ शर्माले भने, ‘सिण्डीकेट र काटेर्लिङ कुनै हालतमा सैह्य हुने छैन। ।

पानी उद्योगले प्रशोधित १ लिटरको मिनरल वाटर वोतलको ११ रुपैयाँ ९० पैसा प्राप्त गर्दै आएका छन् भने उपभोक्ताले त्यही पानी खुद्रा मूल्यमा २५ रुपैयाँमा खरिद गर्नुपर्ने थियो। अब उपभोक्ताले प्रत्येक पसलबाट २५ रुपैयाँमा खरिद गर्नुपर्ने पानी १६ रुपैयाँमा प्राप्त गर्न सक्ने भएका हुन्। त्यस्तै, २० लिटरको जारमा रहेको प्रशोधित पानीको मूल्य उद्योगले २२ रुपैयाँमा डिलरलाई बेच्ने गरेकोमा र उपभोक्ताले सोही पानी खरिदमा ६० रुपैयाँ तिर्नुपर्ने थियो। अब मूल्य घटाएर प्रतिजार प्रशोधित पानी ५० रुपैयाँमा उपभोक्तालाई उपलब्ध गराउनुपनेर्छ। ‘उपभोक्ताको अत्यावश्यक वस्तु पानीबाट मूल्य निर्धारण कार्य शुरु गरेका छौं, अब मासु, रेष्टुरेण्ट राखेका विभिन्न खाजाका सेटको, तरकारी, फलफूलको मूल्य निर्धारण गर्छौ, ’ निर्देशनालयका उपसचिव भरत बरालले भने, ‘खरिद गरेको मूल्यको २० प्रतिशतभन्दा बढी उपभोक्ता मूल्य लिनु कालाबजारी हो। ’

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखराका प्रमुख प्रशान्त पोखरेलले प्रशोधित पनीको मूल्य घटेसँगै गुणस्तरमा कमी आउन नहुने बताए।

‘यदि गुणस्तरमा कमी आएको खण्डमा कारबाही गर्छौ, सरकारले तोकेको मापदण्ड पानी उद्योगहरुले पालना गर्नैपर्छ। गण्डकीकै केही उद्योगले मापदण्ड पूरा नगरेको कारण ती पानी उद्योग बन्द गरेका छौ, ’ पोखरेलले भने, ‘कास्कीमा रहेका पानी उद्योगले सरकारी मापदण्ड पूरा गर्नै पर्छ। ’ नेपाल वोटल वाटर उद्योग संघ गण्डकी उपाध्यक्ष लेखबहादुर प्रधानले निर्देशनालयले सबै पानी उद्योगलाई निर्धारण गरिएको नयाँ मूल्य कार्यान्वयन गर्न निर्देशन दिनुपर्ने बताए। कुनै उद्योगले घटेको मूल्य र कुनैले अघिल्लो मूल्यमा प्रशोधित पानी बिक्री गरेको खण्डमा पानीको बजार अस्तव्यस्त हुने भएकाले मूल्यमा एकरुपता कायम गरिदिन आग्रह गरे।

Related News

सम्बन्धित समाचार

hero news full width