एनसेलद्वारा १३ सूपर सेलरलाई पुरस्कार

एजेन्सी
मंसिर ११, २०७६
ncell_Fotor

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सूपर सेलर’ योजना अन्तर्गत गोर्खा, लमजुङ र तनहुँका विभिन्न १३ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। गत शनिबार एक कार्यक्रम माझ खुद्रा बिक्रेताहरुलाई सुन, आइप्याड प्रो, माउन्टेन बाइक र वासिङ्ग मसिन पुरस्कार वितरण गरिएको हो।

योजनाको प्लाटिनम समूहअन्तर्गत तनहुँका मास्की किराना स्टोर्स, दिप मोबाइल पसल, विसान मोबाइल सर्भिस सेन्टर र लमजुङका अल इन्फोटेक प्रा. ली ले २४ क्यारेटको २–२ तोला सुन जित्न सफल भएका छन् भने सोही समूहअन्तर्गत तनहुँका बन्धु स्टोर्स र गोर्खाका इन्द्र भेट फर्माले आइप्याड प्रो हात पर्न सफल भएका छन्।

त्यसैगरी यस योजनाको गोल्ड समूहअन्तर्गत गोर्खाका श्रेष्ठ स्टेशनरी सेन्टर, तनहुँका गुरुङ किराना पसल र सिद्घार्थ अडियो भिडियोले २४ क्यारेटको १–१ तोला सुन जित्न सफल भएका छन्।

त्यस्तै यस योजनाको सिल्भर समूहअन्तर्गत तनहुँका धनकुमारी किराना पसल, तनहुँकै साईमन किरान पसल र लमजुङका दुलाल किराना पसलले माउन्टेन बाइक साइकल जितेका छन्। यसैगरी सोहि समूहअन्तर्गत तनहुँका सुमन किराना स्टोर्सले यस योजनाअन्तर्गत वासिङ्ग मसिन जित्न सफल भएका छन्।

खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रतिनिधीहरुले आबुखैरेनीमा आयोजित एक कार्यक्रम माझ पुरस्कार हस्तान्तरण गरेका थिए। एनसेलले आफ्नो यस योजनाअन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गनेर्छ। पुरस्कार पाउन सफल खुद्रा बिक्रेताहरुले यस योजनाले पिओएस/खुद्रा बिक्रेताहरुलाई प्रोत्साहन प्रदान गरेकाले आफुहरु खुसी भएको बताए। यस योजनाअन्तर्गत हाल सम्म काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, धनुषा, सर्लाही, महोत्तरी, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, गोर्खा, लम्जुङ र तनहुँ गरी २ सय ११ खुद्रा बिक्रेताहरु पुरस्कृत भइसकेका छन्।

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सूपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुस २०७६ सम्म संचालनमा रहनेछ। यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नुपर्दछ।

यस योजनाअन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूह मध्य कुनै एक समूहमा आफुलाई सहभागी गराई आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन्।

बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width