उपनिर्वाचनमा परिवार दलले नेकपालाई साथ दिने

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
bidhya

पोखरा, १० मंसिर । आसन्न संघीय उपनिर्वाचनमा नेपाल परिवार दलले कास्की क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीलाई सहयोग गर्ने भएको छ ।

मंगलवार विहान उम्मेदवार विद्याको निवासमै पुगेर परिवार दलका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापा लगायतका नेता कार्यकर्ताले यस्तो आश्वासन दिएका हुन् ।

चुनावी सभा र घरदैलोमा साथ दिएर नेकपालाई विजयी गराउन कम्मर कसेर लाग्ने परिवारदलका केन्द्रीय सदस्य रामचन्द्र देवकोटाले जानकारी दिए । परिवार दलका अध्यक्षको सहमतिमा नेकपालाई देशैभर सहयोग गर्ने केन्द्रीय योजना अनुसार कास्कीमा पनि नेकपालाई सहयोग गरिएको देवकोटाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width