लोकदोहोरी प्रतिष्ठानमा बिजी विजयी

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
dohori_Fotor

निर्वाचितलाई शपथ ग्रहण गराइँदै। तस्वीर : विजय नेपाल

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालको पोखरामा सम्पन्न सातौ महाधिवेशनबाट रमेश बिजी निर्वाचित भएका छन्। तीनदिने महाधिवेशन अन्तर्गत सोमबार बिहान सम्पन्न अन्तिम मतगणनामा अध्यक्षका प्रत्यासी विष्णु खत्रीलाई ३९ मतअन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। निर्वाचित रमेशले ५ सय ८४ मत प्राप्त गर्दा विष्णुको पक्षमा ५ सय ४५ मत परेको थियो।

दाङ, काठमाडौं र पोखरा महाधिवेशनसहित विष्णु खत्री भने ३ पटक अध्यक्ष हुनबाट वञ्चित रहे। काँधमा साइड व्याग भिरेका विष्णु मतगणनास्थलबाट राति बाहिरिँदा उपस्थित अधिकांशले सान्त्वना दिए। कुल १ हजार ३ सय ४८ जना मतदातामध्ये १ हजार १ सय ३७ जनाले मतदान गरेको निर्वाचन समिति संयोजक रोहिराज बास्तोलाले जनाए।

प्रतिष्ठानमा नेतृत्वबाहेक पदाधिकारीमा अधिकांश पदहरु भने निर्विरोध भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा रीता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्ष रामजी खाँण, तृतीय उपाध्यक्ष दीपक खड्का क्षेत्री, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव सुवास केसी, उपमहासचिवमा शिव हमाल र शंकर बिसी निर्विरोध भएका हुन्।

यस्तै कोषाध्यक्ष राजु ढकालले तारापति सुवेदीलाई पराजित गरे। विजयी ढकालले ७३७ र सुवेदीले ३७२ मत ल्याए। सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुषाल ‘मादले दाइ’ विजयी भए। ६८० मत ल्याई उनी विजयी हुँदा प्रतिद्वन्द्वी घनश्याम रिजालले ४०६ मत पाए। सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध भइन्।

१० सचिवमध्ये सांगठानिकतर्फ खुमन अधिकारी र महिलातर्फ जमुना राना निर्विरोध हुँदा प्रशासनिकतर्फ कृष्ण रेउले (८४६) निर्वाचित भए। पराजित पुरुषोत्तम थापाले २४५ मत ल्याए। खुला सचिवमध्ये जीवन दाहाल (७८०), रमेशराज भट्टराई (७३३), कुलेन्द्र विश्वकर्मा (६७७), हरि डाँगी (६२६), प्रचण्ड जिसी (६०६), वसन्त थापा (५९०) र पुष्कल शर्मा (५७३) विजयी भए। सो पदमा १३ जनाबीच प्रतिष्पर्धा थियो। सचिवमै विनोद बाजुराली, कृष्ण आँसु विश्वकर्मा, राजन गुरुङ, नवीन पौडेल, नारायणप्रसाद खनाल (लेकाली) र हुम गैरे पराजित भए।

१२ केन्द्रीय सदस्य खुलातर्फ देवी घर्ती (१०१४), पीएन सापकोटा (८७१), प्रकाश सपूत (७८५), पुरुषोत्तम भण्डारी (७७९), प्रकाश भट्ट (७५४), याम क्षेत्री (७३१), बिमल अधिकारी (७२३), महेन्द्र गौतम (६९९), दीपक गरौजा मगर (६३०), सागर गुरुङ (५६६), विक्रम थापा (५२८) र युवराज मगर (५२५) निर्वाचित भए।

७ महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर (९१२), जानमी तारमी मगर (८६६), अञ्जली अधिकारी (८१०), जूना श्रीष मगर (७९८), अमृता लुंगेली मगर (७६१), सरला पाण्डे (७३६) र सीता राना (६३२) निर्वाचित भए। कृष्ण रानाभाट, श्रीकृष्ण क्षेत्री, राजेन्द्र सुवेदी, रामचन्द्र चन्द, भीमसेन खतिवडा, राजकुमार टराली, दिनेश रञ्जन र विष्णुराम कालाखेती पराजित भए।

७ केन्द्रीय सदस्य भूगोलतर्फ विष्णुप्रसाद घिमिरे प्रदेश १, ईश्वरी प्रसाद पन्त प्रदेश २, हिमाल घले प्रदेश ३, सन्दीप न्यौपाने प्रदेश ५, उत्तम शर्मा कर्णाली प्रदेश निर्विरोध भएका छन्। सोही पदमा गण्डकी प्रदेशबाट तारानाथ आचार्य (३९७) निर्वाचित भए। उनले सुरेन्द्र लामिछाने, कुष्ण अखेली, अक्कलविरही गुरुङलाई हराएका हुन्। सुदूरपश्चिमबाट नवीन धामी (५९३) विजयी भए।

केन्द्रीय सदस्य उपत्यका समन्वय समितिमा राजकुमार रायमाझी निर्विरोध हुँदा २ जना विदेश शाखामा रामकृष्ण बम मल्ल (७६७) र दुर्गाप्रसाद पंगनी (५५८) निर्वाचित भए। ईश्वरी घिमिरे पराजित भए।

पोखरा महाधिवेशनले विधान संशोधन गर्दै तृतीय उपाध्यक्ष, महिलातर्फ सहकोषाध्यक्ष, भूगोल सदस्य थप गरेको हो भने प्रदेश प्रमुख भने हटाएको हो। यस्तै, भूगोल/प्रदेशतर्फ ७ जना केन्द्रीय सदस्य पद थप गरेको प्रतिष्ठान गण्डकी अध्यक्ष एवं महोत्सव सह–संयोजक सुरेन्द्र गुरुङले जनाए।

५१ पदको लागि चुनाव भएकोमा निवर्तमान अध्यक्ष १ र अध्यक्षबाट मनोनीत ७ सहित ५७ सदस्यीय कार्यसमिति हुनेछ। महाधिवेशनमा ५८ जिल्ला, विदेशका ८ र काठमाडौं उपत्यका सहित प्रदेशका ८ शाखाबाट प्रतिनिधिको सहभागिता थियो।

यसैबीच, ३ वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित रमेश बिजीले मतदाताप्रति आभार प्रकट गर्दै आगामी दिनमा सबैलाई मिलाएर प्रतिष्ठानलाई अघि बढाउने प्रतिबद्धता जनाए। उनले पोखरा महाधिवेशन यो पार्टी वा त्यो पार्टी नभइकन एकताको महाधिवेशन बनेको जिकिर गरे।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width