गरिमाको वार्षिकोत्सवमा विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
garima_Fotor

गरिमा विकास बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गरी मनाएको छ।

सोही क्रममा विन्ध्यवासिनी मा.वि., पोखरा १६, बाटुलेचौरलाई ई–लाईब्रेरी संचालनार्थ ६ थान कम्प्युटर हस्तान्तरण गरेको छ।

शनिबार आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विद्यालयका प्रधानाध्याप कृष्णप्रसाद आचार्यलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण समारोहमा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बरालले समयको माग अनुसार प्रविधिको माध्यमबाट विद्यार्थीले पुस्तक तथा सामग्रीहरु अध्ययनका लागि आवश्यक कम्प्युटर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य गुरुदत्त भट्टराईले बैंकले आगामी वार्षिकोत्सवहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिई पिछडिएका अन्य विद्यालयलाईसमेत सहयोग गर्न अनुरोध गर्दै बैंकको सहयोगप्रति आभार एवं धन्यवाद व्यक्त गरे।

कार्यक्रममा बैंकका संचालक कुञ्जराज थापा, पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, विद्यालयका प्रअ कृष्णप्रसाद आचार्य, विद्यालयका सल्लाहकार बेनीबहादुर बस्नेतलगायतले भनाइ राखेका थिए।

प्रअ कृष्णप्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सूचना अधिकारी रामबहादुर बानियाँले गरेका थिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य गुरुदत्त भट्टराइको अध्यक्षतामा सम्पन्न भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width