राष्ट्रिय दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन

पदाधिकारीमा अधिकांश पद निर्विरोध

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
lok_Fotor

पोखरा सभागृहमा आइतबार राति मतगणना हुँदै। तस्वीर : विजय।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको सातौ केन्द्रीय महाधिवेशनअन्तर्गत आइतबार राति मतगणना जारी छ। आगामी नेतृत्वको लागि अध्यक्ष पदमा रमेश बिजी र विष्णु खत्रीबीच प्रतिष्पर्धा छ। प्रारम्भिक नतिजामा भने बिजीले अग्रता हासिल गरेका छन्। २ सय ५० मतगणनामा उनले १ सय ३३ मत ल्याउँदा खत्रीको १ सय १६ छ।

पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि शुरु महाधिवेशनअन्तर्गत ५७ सदस्यीय नयाँ कार्यसमितिमा

आइतबार मतदान भएको हो। महाधिवेशनस्थल पोखरा सभागृहमा बिहान ७ देखि दिउँसो २ बजेसम्म भएको मतदान प्रक्रियामा १ हजार १ सय ३५ जना मतदाताले भोट हालेका थिए। चुनावमा कुल १ हजार ३ सय ४६ जना मतदाता थिए। आइतबार राति साढे ५ देखि मतगणना सुरु भएको हो।

प्रतिष्ठानमा नेतृत्वबाहेक पदाधिकारीमा अधिकांश पदहरु भने निर्विरोध भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा रीता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्ष रामजी खाँण, तृतीय उपाध्यक्ष दीपक खड्का क्षेत्री, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव सुवास केसी, उपमहासचिवमा शिव हमाल र शंकर बिसी निर्विरोध भएका हुन्।

यस्तै कोषाध्यक्ष पदमा तारापति सुवेदी र राजु ढकालबीच प्रतिष्पर्धा छ। सहकोषाध्यक्ष खुलातर्फ घनश्याम रिजाल र ईश्वरीप्रसाद भुषाल ‘मादले दाइ’ बीच प्रतिष्पर्धा छ भने सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध भइन्।

१० सचिवमध्ये सांगठानिकतर्फ खुमन अधिकारी र महिलातर्फ जमुना राना निर्विरोध हुँदा प्रशासनिकतर्फ कृष्ण रेउले र पुरुषोत्तम थापाको उम्मेदवारी परेको छ। सचिवमै खुला ७ मध्ये जीवन दाहाल, प्रचण्ड जिसी, रमेशराज भट्टराई, कृष्ण आँसु विश्वकर्मा, विनोद बाजुराली, राजन गुरुङ, नवीन पौडेल, वसन्त थापा, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, नारायणप्रसाद खनाल (लेकाली), हुम गैरे र पुष्कल शर्माबीच प्रतिष्पर्धा छ।

१२ केन्द्रीय सदस्य खुलातर्फ देवी घर्ती, पीएन सापकोटा, दीपक गरौजा मगर, भीमसेन खतिवडा, याम क्षेत्री, सागर गुरुङ, युवराज मगर, राजेन्द्र सुवेदी, दिनेश रञ्जन, पुरुषोत्तम भण्डारी (पुर्खे बा), कृष्ण रानाभाट, श्रीकृष्ण क्षेत्री, विष्णुराम कालाखेती, राजकुमार टराली, प्रकाश सपूत, प्रकाश भट्ट, विक्रम थापा, रामचन्द्र चन्द, बिमल अधिकारी र महेन्द्र गौतम चुनावी प्रक्रियामा छन्।

७ महिला केन्द्रीय सदस्यमा सरला पाण्डे, जानकी तारमी मगर, अञ्जली अधिकारी, अमृता लुंगेली मगर, लक्ष्मी नेपाली, सम्झना लामिछाने मगर, सीता राना, जूना श्रीष मगर, कमला लम्साल भारती, दुर्गा सापकोटा छन्।

७ केन्द्रीय सदस्य भूगोलतर्फ विष्णुप्रसाद घिमिरे प्रदेश १, ईश्वरी प्रसाद पन्त प्रदेश २, हिमाल घले प्रदेश ३, सन्दीप न्यौपाने प्रदेश ५, उत्तम शर्मा कर्णाली प्रदेश निर्विरोध भएका छन्। सोही पदमा गण्डकी प्रदेशबाट तारानाथ आचार्य, सुरेन्द्र लामिछाने, कुष्ण अखेली, अक्कलविरही गुरुङबीच कडा प्रतष्पिर्धा छ भने सुदूरपश्चिमबाट नरेन्द्र रावल र नवीन धामी भिडेका छन्।

केन्द्रीय सदस्य उपत्यका समन्वय समितिमा राजकुमार रायमाझी निर्विरोध हुँदा २ जना विदेश शाखाका लागि रामकृष्ण बम मल्ल, ईश्वरी घिमिरे र दुर्गाप्रसाद पंगनीको उम्मेदवारी परेको छ।

प्रतिष्ठानको पोखरा महाधिवेशन विधान संशोधन गर्दै तृतीय उपाध्यक्ष, महिलातर्फ सहकोषाध्यक्ष, भूगोल सदस्य थप गरेको हो भने प्रदेश प्रमुख भने हटाएको हो। यस्तै, भूगोल/प्रदेशतर्फ ७ जना केन्द्रीय सदस्य पद थप गरेको जानकारी प्रतिष्ठान गण्डकी प्रदेश प्रमुख तारापति सुवेदीले जानकारी दिए। ५८ जिल्ला, विदेशका ८ र काठमाडौं उपत्यका सहित प्रदेशका ८ शाखाबाट १ हजार ३ सय १० जना प्रतिनिधिको सहभागीता रहेको महाधिवेशनको गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित समारोहमा उद्घाटन गरेका हुन्। सो अवसरमा पूर्व अध्यक्ष दुर्गा रायमाझी, गायिका लक्ष्मी सुवेदी र पत्रकार हेमराज अधिकारीलाई नगद सहित सम्मान गरिएको थियो। कार्यक्रममा अध्यक्ष बद्री पंगेनीले प्रतिष्ठानको भवन निर्माणमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरे।

महाधिवेशनमा ५१ पद चुनावी प्रक्रियामा गएकोमा १ जना निवर्तमान अध्यक्ष तथा ७ जना निर्वाचित अध्यक्षले मनोनीत गर्ने प्रावधान रहेको निर्वाचन समिति संयोजक अधिवक्ता रोहितराज बास्तोलाले जनाए।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width