कन्या क्याम्पस पोखराको २५ औं साधारण सभा

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७६
kanya campos

पाेखरा, ७ मंसिर । कन्या क्याम्पस पोखराको २५ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।

उक्त अवसरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष योगेन्द्रलाल प्रधानले क्याम्पसले गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्न पहल गरिरहेको बताए । विश्वविद्यालय अनुदान आयोगमा स्वअध्ययन प्रतिबेदन पेशगरिएको र आयोगबाट मूल्यांकनको समूह निर्माण भई पूर्व अनुगमन पनि सम्पन्न भएको छ, क्याम्पसमा थप सुधारगरी यस वर्ष नै गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्ने लक्ष्य लिएका छौ उनले भने ।

कार्यक्रममा क्याम्पसका निवर्तमान अध्यक्ष सुशीलकुमार गोशलीले क्याम्पस स्थापनामा लामो समय योगदान पु¥याएका संस्थापक अध्यक्ष लेखतमान लाभाजु र संस्थापक क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र भारीलाई धन्यवाद ज्ञापन गर्दै क्याम्पसले गुणस्तरमा उल्लेखनीय सुधार गर्दै गएकोमा क्याम्पसले अझ उच्च गतिलिने बिचार व्यक्त गरे ।

क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले वार्षिक प्रतिबेदन पेश गर्दै क्याम्पसमा हाल कक्षा १० जोड २, स्नातक र स्नातकोत्तर तहगरी ७ सय १३ जना छात्रा अध्ययन गरिरहेका बताए । क्याम्पसमा गुणस्तर सुनिश्चितता प्रमाणपत्र हासिल गर्न तयार पारेको स्वअध्ययन प्रतिबेदन विश्वबिद्यालय अनुदान आयोगमा बुझाईसकिएको बताए । उनले मूल्यांकन समूहका संयोजक प्रा.डा.इन्दु आचार्य र विश्वविद्यालय प्रतिनिधि ममता प्रजापतिले क्याम्पसको अनुगमनका साथै सञ्चालक समिति, शिक्षक, कर्मचारी, बिद्यार्थी, पूर्व छात्रा, समुदाय, अभिभावक, रोजगारदाता लगायतका सरोकारवालासंग अन्तक्र्रियाको कार्यक्रम सम्पन्न गरी प्रतिबेदन पेश भैसकेको जानकारी दिए ।

कन्या क्याम्पस प्राध्यापक संघका सभापति क्षेत्रबहादुर क्षत्रीले गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्तिका लागि गरिने सम्पूर्ण प्रयासबाट नै सबै पक्षको भलाई हुने हुदाँ सम्पुर्ण प्राध्यापकहरुले सक्दो सहयोग गर्ने बताए । क्याम्पसका छात्रा कल्याण समितिका संयोजक ममता शाहले क्याम्पसमा भौतिक सुविधाहरुको बृद्धिले बिद्यार्थीलाई धेरै सहयोग पुगेको बताए । क्याम्पसले अझै व्यावहारिक शिक्षामा जोड दिन पनि अनुरोध गरे ।

कार्यक्रममा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख सुरेन्द्रबहादुर भारी, निवर्तमान क्याम्पस प्रमुख मेजरमान बज्राचार्य, तेजनाथ घिमिरे, प्रा.डा. यादव शर्मा गौडेल, नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, शिक्षक अन्जना श्रेष्ठ, कालिका क्याम्पस पोखराका क्याम्पस प्रमुख ज्योतिबाबु पौडेल, समाजसेवी सीता गुरुङ्ग लगायतका सभासदहरुले शुभकामना मन्तब्य राखेका थिए । क्याम्पसका सञ्चालक समिति उपाध्यक्ष तथा कन्या मावि प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमलाई क्याम्पसको सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width