नेपाली काँग्रेस वीपीको चुनावी प्रचार प्रसार तीव्र

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
bp kangress (1)

लेखनाथ, ५ मंसिर । आगामी मंसिर १४ गते हुन गईरहेको उप–निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस वीपीले कास्की क्षेत्र नं. २ का विभिन्न ठाउँमा चुनावी प्रचार प्रसार तीव्र पारेको छ ।

प्रचार प्रसार कार्यक्रम अन्र्तगत विहीबार पोखराको वडा नं. १७ को विरौटाचोक, महतगौंडा, वडा नं. १५ को अमिनतारा, ठुलीमजुवा, तल्लो सीमलबोट, गलेश्वरचोक, ढुंगेसाँगु, रामबजार लगायतका ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।घरदैलोको क्रममा उम्मेदबार चन्द्रबहादुर रानाभाटले स्थानीयहरुसँग पार्टीको चुनावी एजेण्डाका विषयमा छलफल गर्दै राष्ट्रियता समाजवाद र प्रजातन्त्रको रक्षाका लागि आफूलाई करुवा चिन्हमा मत दिन आग्रह गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य यामबहादुर आले, कार्यबाहक सभापति डम्बरबहादुर बाँनिया, जिल्ला सचिव शंकर पौडेल, कोषाध्यक्ष नरभुपाल पौडेल, सदस्य कर्णबहादुर रानाभाट, देवी सुनार लगायतको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width