पोखरा १६ मा नेकपाको चुनावी अभियान

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
cpn pkr 17 (3)

पोखरा, ५ मंसिर । नेकपा वडा कमिटी, निर्वाचन परिचालन कमिटी तथा विभिन्न भातृ संस्थाको संयुक्त आयोजनामा पोखरा १६ मा चुनावी प्रचार स्वरुप पैदल यात्रा गरिएको छ ।

के आई सिंहपुलवाट शुरु भएको पैदल यात्रा सुन्दर फिड, दीप , अमरदीप, क्याम्पस गेट हुदै लामाचौर चोकमा पुगेर सम्पन्न भएको बताइएको छ । लामाचौर चोकमा आयोजित कोण सभामा नेकपाका नेता भीमबहादुर विश्वकर्माले जनताको मुक्तिका लागि पार्टी कहिल्यै पनि विचलित नहुने वताउनुभयो । पैदल यात्राको नेतृत्व पोखरा १६ का चुनावी कमाण्डर एवं कास्की इन्चार्ज राजकाजी गुरुङ, स्थानीय नेता गुरुदत्त भट्राई, सुवासवावु अधिकारी, ननीन अधिकारी, राष्टिय युवा संघ कास्कीका संयोजक भोजराज पौडेल, विष्नु गौतम,सविन जि.सी, रमेश वि.क, सुमन पौडेल लगायतले गरेका थिए ।

पोखरा ११ र १५ मा पनि विहिबार र्याली तथा घरदैलो कार्यक्रम गरिएको र वडा नं १५ को ढुंगेसाँघु चोक देखि नागमणी टोल हुँदै टुटुंगा बसपार्क सम्म र्याली तथा घरदैलो गरिएको वडा कमिटी अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए । त्यस्तै वडा नं ११ मा पनि शिवशक्ति मार्ग, फूलबारी, मणिपाल, धरहरा मार्ग लगायतका ठाउँमा बृहद ¥याली गरिएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width