जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउछु-पौडेल

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
khemraj-2

पोखरा, ५ मंसिर । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउने बताएका छन् । बिहीबार पोखरा–१६ मा आयोजित सभामा उनले आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने स्पष्ट पारे ।

आफूलाई लोभ, लालसा र मोह केही नभएको उम्मेदवार पौडेलले देश र जनता सबैभन्दा माथि हुने बताए । उनले भने, ‘पार्टी एकठाउँमा हुन्छ, राजनीति पनि गरिन्छ । तर देश र जनता सबैभन्दा माथि हुन्छ ।’ उम्मेदवार पौडेलले कम्युनिष्ट सरकारबाट जनता त्रसित अवस्थामा रहेको बताए ।

उक्त अवसरमा नेता धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज गुरुलाई जिताउँदा पोखरेलीको इज्जत नै माथि हुने बताए । उनले भने, ‘खेमराज गुरु सबैले सम्मान गर्न लायक व्यक्तित्व हुनुहुन्छ । उहाँ संस्कारी नेता पनि हो । धर्म संस्कारलाई उहाँले सधैं शिरमा राखेर हिंड्नु भएको छ । त्यसैले उहाँलाई विजय गराउनु पोखरेलीको कतव्र्य हो ।’ खेमराज जस्ता व्यक्तित्वलाई जिताएर देशैभर इमान्दार व्यक्ति राजनीतिमा आवश्यक पर्छ भन्ने सन्देश दिन पनि आवश्यक रहेको उनले बताए ।
धर्म संस्कार छोड्न हुँदैन

उम्मेदवार खेमराज पौडेल, नेता धनराज गुरुङ लगायतले पोखरा–१६, जोगिमणीस्थित रनबहादुर गुरूङको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।रणबहादुर गुरुङको ९७ वर्षको उमेरमा केही दिन अघि निधन भएको थियो । स्व. रणबहादुरका छोराहरू योगबहादुर र रुन बहादुर गुरुङका साथै परिवारजनलाई भेटेर पौडेलले समवेदना प्रकट गरेका थिए ।
उक्त अवसरमा उम्मेदवार पौडेलले आफ्नो धर्म, संस्कार छोड्न नहुने बताए । अरूले ७ दिन मै काजकिरिया सके पनि धर्म संस्कार अनुसार नै गर्नुपर्नेमा उनको जोड थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width