खानेपानी टंकी निर्माण सम्बन्धी लायन्स क्लबसंग सहमती

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
1 (6)

पोखरा, ५ मंसिर । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र बिभिन्न ४ वटा लायन्स क्लबबीच विहीवार सहमति पत्र आदान प्रदान भएको छ ।

उक्त अवसरमा परियोजना निर्देशक तथा सल्लाहकार सोनाम साङ्पोले बिदेश स्थित दातृनिकायबाट प्राप्त रकम विहीवार लायन्स क्लब अफ पोखरा अन्नपूर्ण रेन्जका अध्यक्ष पवन कुमार प्रजापति लायन्स क्लब अफ पोखरा अन्जुलीका अध्यक्ष कल्पना आचार्य लायन्स क्लब अफ पोखरा दर्पणका अध्यक्ष गुरु प्रसाद तिवारी र लायन्स क्लब अफ पोखरा आर्दश सैन्चुरीका अध्यक्ष झना खड्का केसीबीच सहमति पत्र प्रदान गरे ।

आर्दश सैन्चुरीकालाई १ लाख ४० हजार र बाँकी ३ वटा क्लबलाई २÷२ लाखका दरले रकम उपलब्ध गराउने बारे लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारीले जानाकारी दिए । उक्त अवसरमा लायन्स क्लब पोखरा अन्नपूर्णका पूर्वअध्यक्षहरु ध्रुव श्रेष्ठ, नारायण बाटाजू,सुरेशबहादुर श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, अर्जुन पोखरेल र निर्वतमान अध्यक्ष दिनेश तुलाचनको पनि उपस्थित रहेको थियो ।

उक्त खानेपानी टंकी शिलान्यास पहिलो चरणको नोभेम्बर २९ देखि क्रमश १८ डिसेम्बर सम्म चार चरणको खानेपानी टंकी शिलान्यास हुने जानाकारी सल्लाहकार सोनाम साङ्पोले दिए । हालसम्म २२ वटा बिद्यालयमा खानेपानी सम्पन्न भई सकेको र पुम्दी भुम्दी, हेमजा र काठमाण्डौमा निमार्णाधीन अबस्थामा रहेको र यो सहित २९ वटा बिद्यालयमा शुद्ध खानेपानी टंकी निर्माण सम्पन्न हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…
  • लायन्स डिस्ट्रिक्क ‘जे’ को गभर्नरमा मीलन थापा

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालको डिष्ट्रिक्ट गभर्नरमा मिलन थापा चुनिएकी छन् । शनिबार पोखरामा सम्पन्न…
  • लायन्स आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र १, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले मंगलबार मानव सेवा आश्रम हेमजामा खाद्यान्न सामग्री सहयोग गरेको छ । त्यहाँ…
  • रोटरी युथ लिडरसिप अवार्डबाट नौलो अनुभूति

    आदर्श समाज सम्वाददाता माघ ४, २०८०
    पोखरा । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत रोटरी युथ लिडरसिप अवार्ड (राइला) सम्पन्न भएको छ । चारदिने कार्यक्रमबाट आफूहरुमा…

hero news full width