साहसिक पर्यटनका लागि स्काइडाइभिङ

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
Sky Dive_Fotor

पोखराको आकाशमा स्काइडाइभ गरिँदै। तस्वीर : नेपाल स्काइडाइभ डट कम

नेपालमा साहसिक पर्यटनलाई बढावा दिन मंगलबारबाट ६ दिने स्काइडाइभिङ पोखरामा शुरु भएको छ। पोखरा स्काइडाइभिङ नाम दिएर आयोजना गरिएको कार्यक्रममा नेपाल र भारतका १ सय ६० जना क्लाइन्टले सहभागिता जनाउने आयोजक एक्सप्लोर हिमालयका जनरल म्यानेजर अनुज पाण्डेले जानकारी दिए।

‘फ्लाई हाई, टच द स्काई’ नाराका साथ फेवा तालको सिरानमा अवस्थित खालि जमिनको आकाशमा यो कार्यक्रम भइरहेको छ।

अधिकांश सहभागी नेपाल र भारतका रहेका छन्। विदेशीका लागि १ हजार अमेरिकी डलर र नेपालीका लागि ९ सय अमेरिकी डलर सहभागीता शुल्क तोकिएको पाण्डेले सुनाए।

हेलिकोप्टरबाट हाम फालेर झर्दै प्यारासुटबाट ओर्लिने खेल स्काइडाइभिङ हो। हिमाल आरोहणपछिको सबैभन्दा महँगो र साहसिक मानिने स्काइडाइभिङ पोखराको पामे क्षेत्रमा रहेको एभिया क्लबको हवाई खेलकुद अभ्यास मैदानमा भएको हो। कार्यक्रममा १३ जना विदेशी विज्ञले उडान र जम्प गराइरहेको जनाइएको छ।

स्काइडाइभिङको प्राविधिक जनशक्तिको नेतृत्व फ्रान्सका पाउल हेनरीले गरेका छन् भने फ्रान्ससहित बेलायत, पोल्यान्ड, अमेरिका, पानामा, साउदी अरेबिया लगायतका देशका जनशक्तिहरु स्काइडाइभिङमा उपस्थित भएका भएको पाण्डेले सुनाए। सन् २००८ बाट परीक्षण र २०१३ बाट वार्षिक रुपमा स्काइडाइभिङका कार्यक्रम नेपालमा भए पनि जनशक्तिको अभाव अझैसम्म देखिएको बताउने गरिएको छ।

पोखरा र स्याङबोचेमा स्काइडाइभ हुँदै आएको छ। स्काइडाइभिङमा आवश्यक हेलिकोप्टरका जनशक्ति बाहेक हाम फाल्न र ल्यान्डिङ गराउने प्राविधिक स्काइडाइभिङ मास्टर नेपाली नभएको बताइएको छ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width