दशरथ रंगशालाको भीआइपी प्यारापिटमा छानो

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
Dasharath Rangashala VIP Parapith Chhano_Fotor

सागका लागि दशरथ रंगशालाको भीआइपी प्यारापिटको छानो हाल्ने काम सुरू भएको छ। मैदानको अन्य धेरै काम लगभग सकिएको छ। भीआइपी प्यारापिटको छानो निकै लामो समयको पर्खाइपछि आएको हो।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का अनुसार मंसीरको १० गतेसम्म दशरथ रंगशालाको भीआइपी प्यारापिटमा छानो फिटिङ गरिसक्ने समयसीमा छ। प्यारापिट सुरुमा जलमार्गबाट ल्याउने बताइएपनि समय अभावका कारणले हवाई मार्गबाट ल्याइएको थियो।

सिटको काम अन्तिम चरणमा छ। अब भीआइपी प्यारापिटको छानो फिट गरेपनि लामो समय देखिको पर्खाइमा हरेको दशरथ रंगशालाले नयाँ स्वरूप पाउने खेलकुद पदाधिकारी लगायत खेलाडी र खेलप्रेमी सर्वसाधारणको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width