मुक्तिनाथ बैंकको व्यावसायिक साक्षरता

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७६
Muktinath bank_Fotor

मुक्तिनाथ विकास बैंक लि.ले कात्तिक २९ गते आफ्नो कार्य क्षेत्रका स्थानीय उद्योगी, व्यवसायीलाई व्यावसायिक साक्षरता कार्यक्रम दाङको तुलसीपुर–६ मा सम्पन्न गरेको छ।

व्यावसायिक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रवद्र्धनका लागि आवश्यक कानूनी कागजात तथ कार्यविधि, दोहोरो लेखा प्रणाली, आयकर, मूल्य अभिवृद्धि कर ऐनमा भएका संशोधन, वित्तीय कारोबारबारे चेतना जगाउने, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी जस्ता विषयमा जानकारी दिइएको थियो।

व्यवसायमा जोखिम तथा न्यूनीकरण लगायतको विषयमा चेतनाको अभिवृद्धि गराउने सो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। व्यावसायिक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायी सहभागी रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width