कलाकार मानन्धर पुरस्कृत

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
unnamed

काठमाण्डौ २, मंसिर । कलाकार किरण मानन्धर काठमाण्डौमा पुरस्कृत भएका छन् । पोखरामा स्थापित कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानद्धारा स्थापित नवीन कलाश्री पुरस्कार २०७६ बाट उनी शनिवार पुरस्कृत भएका हुन् ।

बरिष्ठ संस्कृतिबिद् सत्यमोहन जोशीले उनलाई ५० हजारको चेक, ताम्रपत्र र दोसल्लाले सम्मान गरेका हुन् । सो अवसरमा वोल्दै जोशीले कलाको माध्यमवाट देशको उन्नति गर्न सकिने बताए ।

संस्थाका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नाफाका उपकुलपति केके कर्माचार्य, कला समीक्षक तीर्थ निरौला, मुकेश मल्ल, रमेश खनाल, पत्रकार सूर्यचन्द्र वस्नेत, पुरस्कृत व्यक्ति किरण मानन्धर, संस्थाका संरक्षक क्षेत्रलाल कायस्थ, सुष्माराज भण्डारी, संस्थाका सदस्य विनोद सुवेदी र सचिव कमल पौडेल अथकले बोलेका थिए ।

तीन लाख रुपैयाँको अक्षयकोषवाट प्राप्त हुने व्याज मार्फत प्रत्येक २ वर्षमा पचास हजार राशिको पुरस्कारबाट एक जना राष्ट्रिय स्तरको कलाकारलाई पुरस्कृत गरिने प्रतिष्ठानका सचिव कमल पौडेल अथकले जानकारी दिएका छन् । यसैबीच नेपाल कला परिषद काठमाण्डौमा कलाकार क्षेत्रलाल कायस्थको ४ दिने एकल कला प्रदर्शनी भएको छ । सो प्रदर्शनीमा ७६ वटा मूर्त तथा अमूर्त चित्र रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width