एभरेष्ट सहकारीको साधारण सभा

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
everest news photo

पोखरा, २ मंसिर। पोखरा–४ चिप्लेढुंगामा रहेको एभरेष्ट सहकारी संस्थाले आफनो २१ साधारण सभा शनिबार सम्पन्न गरेको छ ।

साधारणा  सभाको उद्घाटन बयोबृद्ध शेयर सदस्य शिव शर्माले गरेका थिए । संस्थाका अध्यक्ष शालिग्राम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्रनिधि कोइराला, हेरम्बप्रसाद कोइराला, कृष्णकान्त सिग्देल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा ७५ वर्ष उमेर समूहमाथिका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा घनश्याम शर्मा आचार्य, गीतादेवी आचार्य, हेरम्बप्रसाद कोइराला, खिमलाल सुवेदी, धनमाया सुवेदी, चित्रा·गत सिग्देल, पार्वती कोइराला, गोपीनाथ बराल, शान्तिदेवी बराल, शिव शर्मालाई सम्मान गर्नुको साथै उत्कृष्ट निक्षेप कर्ता राजेन्द्रनिधि कोइराला र उत्कृष्ट ऋणीबाट सरस्वती पौडेललाई सम्मान गरिएको थियो ।

तालचोक केन्द्रीय कार्यालय रहेको संस्थामा ७ सय ५० जना शेयर सदस्य छन् । कार्यक्रममा उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले स्वागत र सञ्चालन सचिव रवीन्द्रनाथ भट्टराईले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width