राष्ट्रिय मगर संघ अन्नपूर्णमा बुदुजा

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
magar sanggha 4_Fotor

नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा मिनबहादुर बुदुजा चयन भएका छन्।

शनिबार नारच्याङमा सम्पन्न पहिलो अधिवेशनले उपाध्यक्षमा बिमल पुन, सचिव श्याम पुर्जा, सहसचिव रुप पाईजा, कोषाध्यक्षमा विनिता तिलिजा तथा सदस्यहरुमा रुपबहादुर पुन, गोपाल पुर्जा, धनबहादुर गर्बुजा, इन्द्र बहादुर तिलिजा, यामकुमारी सोन्तन्जा, महिना तिलिवा, नारायण पाईजा, तुलबहादुर गर्बुवा, खगेन्द्र कुमारी फगामी, रिमबहादुर पुर्जा बखनबहादुर पुर्जा र बविता पुर्जा चयन भएका छन्।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले मगर समुदायको हकहित र अधिकार प्राप्तिका लागि सबै एक हुन आवश्यक रहेको औंल्याए।

मगर समुदायसंगै अन्य समुदायको मौलिक कला संस्कति तथा भाषा संरक्षणका लागि गाउँपालिकाले जोड दिएको अध्यक्ष क्याप्टेन गर्बुजा पुनको भनाइ छ।

राष्ट्रिय मगर संघको स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिइएको राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष हिराबहादुर पुनले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width