हाइकर्स क्लब नेपालको समूह मट्टिखानमा

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
Hiking_Fotor

हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनको लागि हाईकिङ नाराका साथ संचालन भई रहेको हाईकिङ भाग ८ अन्तर्गत शनिबार पोखरा २१ मट्टिखानमा रहेको भ्यु टावर र कालिका मन्दिरको अवलोकन भ्रमण सम्पन्न भएको छ।

हाइकर्स क्लबका २१ जना सदस्यहरु स्याङ्जा र कास्कीको सिमानामा रहेको कुभिण्डेबाट पैदल हिडेर रामकोटमा रहेको गुरुङ संग्रहालय, कालिका मन्दिर, साल्मेडाँडाको निर्माणाधिन गोर्खा स्मारक, ग्रामीण जनजिवनको अवलोकन गर्दै मट्टिखान पुगेको थियो।

मट्टिखानमा रहेको मट्टिखान रिसोर्टमा खाना खाएर नजिकै रहेको कालिका मन्दिर र लुम्ले टावरबाट पोखरा, स्याङ्जाका विभिन्न गाउँहरुको अवलोकन गरिएको थियो।

हाईकिङले स्वास्थ्य प्रति सचेत हुन, ग्रामीण पर्यटनको विकासमा मद्दत पुग्ने भएकोले हाल सम्म ७ स्थानहरुमा हाईकिङ गरी सकिएको हाईकिङका संयोजक कृष्ण रानाभाटले बताए।

हरेक महिनाको एक पटक गरिदैं आएको उक्त कार्यक्रम अनुकुलता हेरी १५/१५ दिनमा गर्ने सोच रहेको तथा हाईकिङमा मावितहमा पढ्ने विद्यार्थीदेखि ६०/६५ वर्ष सम्मका घुम्न मन पराउनेहरु आफ्नो खर्चले सहभागी हुँदै आएको हाईकिङका संयोजक ट्रेकिङ गाईड सुन्दरमणि त्रिपाठीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width