‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाको जोडी

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
ANAMOL & SUHANA, A Mero Hajur 4_Fotor

नेपाली चलचित्र ‘ए मेरो हजुर–४’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले अभिनय गर्ने भएका छन्। अनमोलले औपचारिक रुपमा यस चलचित्र खेल्ने सम्झौता गरेपछि चौथो श्रृंखलामा समेत अनमोल र सुहानाकै जोडी दोहोरिने पक्का भएको हो।

अभिनेत्री झरना थापाले यस चलचित्रको निर्देशन गर्ने भएकी हुन्। सुहाना निर्देशक झरना थापाकी छोरी हुन्। सुहानाले ‘ए मेरो हजुर–३’ बाट नेपाली चलचित्रमा डेब्यू गरेकी थिइन्। झरनाले छोरी सुहाना थापालाई यही फिल्मबाट ब्रेक दिएकी थिइन्। यस फिल्ममा पनि अनमोल र सुहानाको जोडी पर्दामा छाएका थिए।

यस फिल्मलाई झरनाका श्रीमान् सुनिलकुमार थापाले निर्माण गर्ने भएका हुन्। माघको २० गतेदेखि चलचित्रको छायांकन गर्ने बताइएको छ। नेपाल, ओमान र होल्याण्डलगायतका विदेशी रमणीय स्थानहरुमा चलचित्रको छायांकन गरिनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width