मृगौला पीडितलाई १ लाख ७० हजार सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर १, २०७६
Mirgaula pidit sahayog

पोखरा, १ मंसिर । दुबै मृगौलाले काम नगरेपछि उपचारर्थ बागलुङ गलकोट नगरपालिका– २ नरेठाँटीका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई बेलायतमा संकलित १ लाख ७० हजार ५ सय रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ ।

बागलुङ समाज, बेलायतकी अध्यक्ष छविमाया पुनको पहलमा संकलित उक्त रकम गलकोट नगरपालिका–२, नरेठाँटी घरभई बेलायतबस्दै आएका मेजर देवबहादुर पुनले उक्त सहयोग रकम मृगौलापीडित श्रीसलाई हस्तान्तरण गरेका हुन् ।

पुनले बागलुङ–पोखरा मगर समाजद्वारा आयोजित एक कार्यक्रमबीच मृगौलापीडित श्रीसलाई मेजर पुन र बागलुङ–पोखरा मगर समाजका अध्यक्ष रामबहादुर पुनले संयुक्त रुपमा उक्त सहयोग रकम प्रदान गरेका हुन् । श्रीसको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मेजर पुनले श्रीसको उपचारका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखे । मृगौलापीडित श्रीसले बेलायतमा बस्दै आएका र बागलुङ समाजले गरेको सहयोगले मृगौला प्रत्यारोपण गर्न सहयोग पुग्ने बताए ।

वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको दुबईमा सात वर्ष कार्यरत मृगौलापीडित श्रीस बिरामी भएपछि स्वदेश फर्केका थिए । मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको पीडितले बताउदै आएका छन् । यसअघि, बेलायतबाटै १ लाख ५० हजार रुपैयाँ, जापानबाट ५ लाख ५० हजार रुपैयाँ, दक्षिण कोरियाबाट २ लाख १२ हजार र बागलुङ–पोखरा मगर समाजबाट ४० हजार ५ सय ५ रुपैयाँ सहयोग प्राप्त भएको मृगौलापीडित श्रीसले बताए । हालसम्म सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उनले सहयोगी मनहरूको साथले आफूले नयाँ जीवन पाएको अनुभूति गरेको समेत बताए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width