जनकपुरमा विवाहपञ्चमी भब्य रुपमा मनाइने

एजेन्सी
मंसिर १, २०७६
1573737631janaki_mandir

जनकपुरधाम, १ मंसिर । विवाहपञ्चमीमा सहभागी हुन भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा पठाइएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा प्रत्येक बर्ष भव्यताका साथ विवाहपञ्चमी मनाइने गरिन्छ । भगवान राम र सिताको विवाह भएको दिनको स्मरणमा मनाइने विवाहपञ्चमीका दिन भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जन्तीको रुपमा भारतीयहरु आउने गर्छन् । गत बर्ष मात्रै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका थिए ।

‘यस पटक मुख्यमन्त्री योगीसहित भारतका गृहमन्त्री अमित साहलाई समेत विवाह पञ्चमीको निमन्त्रणा पठाएका छौं’ जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले भने, ‘यसबारे संघीय सरकारको पर्यटन मन्त्रालयलाई जानकारी गराइसकेको छु ।’सरकारले यसमा ध्यान दिए साह र योगी दुबै नेपाल आउने उनले बताए । ‘यस्तो माहौलमा आउन उनीहरु जहिल्यै पनि इच्छुक छन् ’ दासले भने, ‘नेपाल सरकारले आफ्नो तर्फबाट पहल गरे दुबै जना विवाह पञ्चमीमा आउछन् ।’

दासका अनुसार विवाहपञ्चमीमा जनकपुर आउन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा दिइसकिएको छ ।
यस पटकको विवाहपञ्चमी १५ मंसिरमा परेको छ । तर विशिष्ट अतिथिहरुलाई १३ गते नै जनकपुर आउने गरी निमन्त्रणा पठाइएको दासले बताए । ‘१५ गते विवाहपञ्चमीका दिन सर्वसाधारणको अत्यधिक भीड हुन्छ’ उनले भने, ‘त्यसैले १३ गते नै मंचीय कार्यक्रमको आयोजना गर्दैछौं ।’

यस पटकको विवाहपञ्चमी महोत्सव सप्ताहव्यापी गतिविधि गर्दै मनाइँदैछ । महोत्सवको पहिलो दिन मंसिर १० गते मंंगलबार जनकपुरधाम नगर दर्शन, ११ गते बुधबार फूलबारी लीला, १२ गते बिहीबार धनुषयज्ञ (रंगभूमि०, १३ गते शुक्रबार जानकी मन्दिर प्राङ्गणमा तिलकोत्सव, १४ गते शनिबार गंगासागर पोखरीघाटमा मटकोर, १५ गते आइतबार स्वयम्वर तथा शुभ विवाह र अन्तिम दिन १६ गते अयोध्यावाट आएका जन्तीलाई बिदाइ गरिने कार्यक्रम तय गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width