जनता वैकल्पिक शक्तिकाे खोजीमा – केसी

रासस
मंसिर १, २०७६
rajani_kc_RZI6297Iat

पाेखरा, १ मङ्सिर । मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेको छ ।

पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ । साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलोमा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको उम्मेदवार रजनी केसीले बताइन् । तराजु चुनाव चिह्न लिएर मतदातामाझ पुगेकी उम्मेदवार केसीले परम्परागत दलबाट परिवर्तन सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई जनताले मन पराएको दाबी गरिन् ।

सबैभन्दा पहिला उम्मेदवारको टुङ्गो लगाएको साझा पाटर्टीले आफ्नो निर्वाचन क्षेत्रको धेरै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीयवासीका समस्यालाई नजिकबाट बुझेर सामाजिक रुपान्तरणमा पहल गर्ने साझा पार्टीले आफ्नो अभियानलाई तीव्रता दिएको संयोजक अर्जुनप्रसाद खनालले बताए । यसैबीच साझाले शनिबार नै भलाममा चुनावी सम्पर्क कार्यालयसमेत स्थापना गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width