सोलुखुम्बु, १ मङ्सिर । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ ।
डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइल््याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ । उनीसहित ११ जनाको समूहमा आरोही पुटलोज इन द हिमालयन प्रालिमार्फत खुम्बु आएका थिए ।
पोखरा । घरेलु भुमीको पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमै समेटिएको छ । पोखराको फुटबल स्टेडियममा घरेलु दर्शकलाई साक्षी राखेर पहिलो स्वर्ण चुम्ने लक्ष्यमा रहेको नेपाल यस संस्करणको साग गेममा पनि भारतसँग स्तब्ध बन्यो । पोखराको नवनिर्मित फुटबल स्टेडियममा सोमबार भएको फाइनलमा भारतसँग २–० ले हार्दै…
तपाइको विचार व्यक्त गर्नुहोस्