पोखरा, ३० कात्तिक । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–६ भञ्ज्याङ निवासी ५० वर्षीय काले बराम शनिवार बिहान मृत फेला परेका छन् ।
उनी शुक्रवार खेततर्फ गएको र रातिसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा शनिबार विहान ८.३० बजे सोही वडाको मैलुङ स्थित बासपानीको भीरबाट तीन सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा भेटिएका थिए । उनको खोजीकार्यमा स्थानीय र प्रहरीले जुटेका थिए । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गर्ने गरिएको बुझिएको छ ।
सिमकोट, २६ मंसिर । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा २ को घटनास्थलमै मृत्यु भएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित ४ जना सवारमध्ये २ जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला…
तपाइको विचार व्यक्त गर्नुहोस्