गैडाकोटमा बलेरो दुर्घटना, १४ जना घाइते

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७६
k6Iq4L9epzQkirtd7nKk

नवलपरासी, २९ कार्तिक । पूर्वी नवलपरासीको गैडाकोटमा बलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।गएराति गैडाकोट ३ मा रहेको हर्दीखोलामा बा ११ च ७०८३ नम्बरको बलेरो जिप ब्याक गर्न खोज्दा जिप खोलामा ३० मिटर तल खस्दा दुर्घटनामा भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परी जिप चालक धादिङका २० वर्षीय सुरेश तामाङ, मध्यविन्दु नगरपालिका १२ बस्ने ४० वर्षीय डिलबहादुर ढेंगा मगर, विनयी त्रिवेणी ३ सर्दीका ४० वर्षीया निरा गुरुङ, ११ वर्षीया दिव्या गुरुङ, ३७ वर्षीया डोलमाया गुरुङ, कैलालीको लम्की नगरपालिका ८ बस्ने ३५ वर्षीया सन्तु चौधरी, बाराका २४ वर्षीय कमलेश कुमार यादव, रोल्पाको लिवाङ्ग नगरपालिका ९ बस्ने ३० वर्षीय विकास विक, रोल्पाकै १४ वर्षीय मुनाल विक, नवलपरासीको विनयी त्रिवेणी ३ बस्ने २ वर्षीय एनोस गुरुङ, १० वर्षीय शरण गुरुङ, ५८ वर्षीय जगत दाहाल लगायत रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width