विप्लव कार्यकर्ताको आरोपमा सापकोटा पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७६
maxresdefault (1)

नवलपरासी, २९ कात्तिक ।नवलपुर प्रहरीले नवलपुरको गैडाकोट १० मुकुन्दपुरका पशुपति सापकोटालाई नियन्त्रणमा लिएको छ ।

उनलाई लु ३८ प ८१०६ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीले विहीबार कावासोती ८ थकाली चोकबाट दक्षिण भित्री बाटोबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले विप्लव नेकपाको कार्यकर्ता भएको कारण उनलाई नियन्त्रणमा लिएको जनाएको छ । उनी केही समय विप्लवका जिल्ला सदस्य भएर काम गरेको थिए । उनी दुग्ध उत्पादक पशुपालक किसान पनि हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width