क्यान्सर पीडित बालकको उपचारका लागि विदेशबाट ११ लाख सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७६
help12

लमजुङ, २९ कात्तिक । बोन क्यान्सरबाट पीडित वालक युमन गुरुङको उपचारका लागि विदेशबाट ११ लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारीमा गएका आफन्तजनले सो सहयोग गरेका हुन् ।

बेंसीसहर नगरपालिका– ५ नाल्मा घर भई हाल बेंसीसहर– ७ सातवीसेमा परिवारसँग वस्दै आएका १२ वर्षीय युमनको गत साउन महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि बेलायत, न्यूजल्याण्ड, पोर्चुगल लगायत विदेशमा बस्ने नेपाली र स्थानीय आफन्तजनले संकलन गरी बोन क्यान्सर पीडित गुरुङका लागि ११ लाख ३८ हजार ८ सय ४१ रुपैयाँ उनका अभिभावकलाई हस्तान्तरण गरिएको हो । उनका बुबा भक्तबहादुर गुरुङलाई प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले सो रकम हस्तान्तरण गरेका हुन् । उनी बेंसीशहरस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत युमनको उपचारमा धेरै खर्च लाग्ने भएपछि पीडित परिवारले सहयोगको अपील गरेका थिए ।

उनको उपचारका लागि क्व्होलासोथर नजेर गाउँ स्थायी घर र हाल वेलायतमा वसोवास गर्ने चन्द्रप्रसाद गुरुङ, गिरेन्द्र गुरुङ, वुद्धिप्रसाद गुरुङ लगायतको पहलमा ९४ जनाको सहयोगबाट संकलन भएको ४ लाख ९९ हजार ६ सय १२ रुपैयाँ प्राप्त भएको हो । यसैगरी, क्व्होलासोथर नजेर गाँउ स्थायी घर र हाल न्यूजल्याण्डमा कार्यरत मनिस गुरुङ र उत्तम गुरुङको पहलमा ४२ जनाबाट ३ लाख रुपैयाँ संकलन गरेका हुन् । युमनको आमाको साथीहरूबाट १ लाख ९३ हजार २ सय ६५ रुपैयाँ, पोर्चुगलमा बस्ने नेपालीबाट ८६ हजार ८ सय २६ रुपैयाँ, पोखरामा पदम गुरुङ र प्रतिमा गुरुङको पहलमा २६ हजार २ सय ५ रुपैयाँ प्राप्त भएको हो ।

उनी बेंसीशहरस्थित भूपू सैनिक आमाविमा कक्षा– ७ मा अध्ययनरत विद्यार्थी भएको हुँदा युमन गुरुङको उपचारको लागि यसअघि विद्यालयले ५० हजार सहयोग गरिसकेको विद्यालयका प्रिन्सिपल विनोद गुरुङले बताए । उनका अनुसार थप उपचारका लागि विद्यालयको तर्फबाट आर्थिक सहयोगको पहल भइरहेको छ । यसैगरी, जनज्योति मावि वाग्लुङपानीको ग्रीन पिस वालक्लवको नेतृत्वमा शिक्षक तथा विद्यार्थीबाट ३० हजार ४ सय २८ रुपैयाँ रकम संकलन भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width