करेन्ट लाग्दा दाजुभाइको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
plc-based-panel-faridabad9

तनहुँ, २८ कात्तिक । तनहुँको म्याग्देगाउँपालिका–२ जामुनेमा नवनिर्मित स्वास्थ्य कार्यालयको भवन निर्माणका लागि मार्वल घोट्ने क्रममा विहीवार एक्कासी करेन्ट लाग्दा एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा पश्चिम भारतीय मुल वेतीया जिल्ला निवासी २० वषीय आजात आलम र उनका २५ वर्षीय दाजु सागत आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकरी दिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width