बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
p3

तस्वीरहरु ऋषिराम बराल

पोखरा, २८ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखराको फेवातालमा नौका विहार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमण अन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद विहीवार पोखरा आएक हुन् ।

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद आएका हुन् । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभामा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनलाई स्वागत गरेका थिए ।

सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पण गर्नाका साथै पञ्चैबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुगेका थिए ।

होटेलमा केहस् समय आराम गरेर बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका थिए । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ । उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहेको थियो । त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width