पेस्तोलसहित २ पक्राउ

रासस
कार्तिक २८, २०७६
pastol

चितवन, २८ कात्तिक । इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र ५ राउण्ड गोलीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।

उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट विहीवार बिहान २ बजे पक्राउ गरिएको हो । बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width