एनसेलको ‘अल नेट भ्वाइस प्याक’

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
Ncell_Main Logo (1)_Fotor

एनसेल प्रालिले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएसँगै एनसेलका प्रिपेड ग्राहकले अब देशभित्र अन्य नेटवर्कमा रहेकासँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन्। सो अफरसँगै ग्राकहले कर बाहेक प्रतिमिनेट १ रुपैयाँमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्ने जनाइएको छ।

यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट १.९९ रुपैयाँ लाग्दछ।

यो अल नेट भ्वाइस प्याक कात्तिक २६ देखि संचालनमा आएको छ। यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० रुपैयाँ (कर सहित २५.५४ रुपैयाँ) मा लिन सक्छन्। यसरी देशभित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो।

यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास डायल गर्न सक्छन्। प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ। यो प्याकले ग्राहकलाई थप मूल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तसँग सुलभ दरमा सम्पर्कमा रहीरहन मद्दत गर्नेछ। यो अफर माघ २६ सम्म रहनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width