एनएमबीको ‘पूर्व स्वीकृत आवास कर्जा’

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
nmb pre approved home loan_Fotor

एनएमबी बैंकले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि–अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ। जसअनुसार अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नो ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन्।

यस्तै, आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व–मूल्यांकन नगरिकनै कामय गरिनेछ।

‘यो कर्जा सुविधाले ग्राहकको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आएको अन्योल मेटाउने छ । साथै आय आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ, ’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हाल एनएमबी बैंकको देशभरि १ सय ६३ शाखा, १ सय २८ एटीएम र ५ एक्सटेन्सन काउन्टर संचालनमा छन्।

Related News

सम्बन्धित समाचार

hero news full width