१ सय ४ जनाद्वारा आँखादान प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
lions photo_Fotor

पोखरामा बुधबार आयोजित आँखादान प्रतिबद्धता कार्यक्रममा १ सय ४ जनाले मरणोपरान्त आँखादान गर्ने प्रतिबद्धता गरेका छन्।

मृत्युपछि आँखादान गरेर अन्य दृष्टिबिहीनलाई प्रत्यारोपण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित लायन्स क्लब अफ पोखरा मिड टाउनले सो कार्यक्रम आयोजना गरेको हो।

प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर ईन्दु लम्सालले आँखादानको घोषणा गर्नु महान पुण्यको कार्य भएको बताइन्।

‘मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सचेतना फैलाउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ, ’ उनले भनिन्।

एकजनाले आँखादान गर्दा कम्तीमा २ जना दृष्टिबिहीनले संसार देख्न सक्ने हिमालय आँखा अस्पताल पोखराका कम्युनिटी इञ्चार्ज सुवास नेपालले बताए। ‘आँखादानको निकै ठूलो महत्व छ, ’ उनले भने, ‘मरेपछि खेर जाने आँखा दान गर्दा अन्य व्यक्तिले संसार देख्नु निकै ठूलो पुण्य कार्य हो। ’

कार्यक्रममा डिष्ट्रिक्टका फस्ट भाइस गभर्नर मनबहादुर रोका सर, सेकेण्ड भाइस गभर्नर विशेश्वर आचार्य, क्याबिनेट सेक्रेटरी विनोद ढुंगाना लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width