स्कुटर दुर्घटनामा पौडलको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
k6Iq4L9epzQkirtd7nKk

पोखरा, २७ कात्तिक । पोखरा–३३ बागमारामा बुधवार विहान स्कुटर दुर्घटना हुँदा ३५ वर्षीय पुरुषोत्तम पौडेलको मृत्यु भएको छ ।

डाँडागाउँबाट बागमारतर्फ आयदै गरेको ग.७ प. ५२७६ नं को स्कुटर सडकको नालीमा पल्टिदा पोखरा–३३ निवासी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजकुमार केसीले बताए । स्कुटरले च्यापीएका पौडेललाई तत्कालै अस्पताल पठाइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धन अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width