समृद्धिको लागि मेरो उम्मेदवारी– विद्या

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
74464122_2552882644767414_5930373525285109760_n

पोखरा २७ कात्तिक । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुरू भएको छ ।

माल्यार्पण पछि बोल्दै उम्मेदवार भट्टराईले शहीदको सपना साकार पार्ने प्रतिवद्धता जनाइन् । उनले विकासको लहर ल्याउँदै गरिबीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । उनले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरागर्न आँफू उम्मेदवार बनेर आएको उनले बताइन् ।

चुनावी घरदैलो अन्तर्गत अहिले पोखराको वडा नं १६ का विभिन्न ठाउँमा अहिले कार्यक्रमहरु भइरहेको प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।यसैबीच नेकपाको चुनावी कार्यक्रम अन्तर्गत पोखरा १५ स्थित अमिनतारा टोलमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै पूर्व स्वास्थमन्त्री तथा नेकपा गन्डकी प्रदेशका सह इन्चार्ज खगराज अधिकारीले भूमिहीनका सबै समस्या सुल्झाउन अब दिन गने काम गर्ने बताए ।

अब भूमिहीनका समस्या बाँकी नराखी काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले समृद्धिको लागि नेकपा उम्मेदवार विद्या भट्टराईलाई अत्यधिक बहुमतले विजयी गराउन अपील समेतगरेका छन् । कार्यक्रममा नेकपा कास्की सचिव बखानसिंह तमु आभासले पनि विद्याको पक्षमा माहौल बन्दै गएको भन्दै जितको सुनिश्चितता भइसकेपनि भारी मतले विजयी गराउन अनुरोध गरे ।

पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडाले टोल टोलमा गरेका विकास निर्माण गतिविधिबारे जानकारी गराएका थिए ।उक्त टोलमा स्थानीय लक्ष्मी परियारको संयोजकत्वमा ५१ सदस्यीय अमिनतारा टोल निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width