काठमाडौँ, २७ कात्तिक । नेपाल प्रहरीले नागार्जुनबाट तीन लाख ६० हजार रुपैयाँ नगदसहित १० जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको वृत्तले जनाएको छ ।
सिमकोट, २६ मंसिर । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा २ को घटनास्थलमै मृत्यु भएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित ४ जना सवारमध्ये २ जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला…
तपाइको विचार व्यक्त गर्नुहोस्