गरिमा विकास बैंकको शाखा हात्तीगौंडामा

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
Garima_Fotor

गरिमा विकास बैंकले मंगलबार बूढानीलकण्ठ नगरपालिका ७, हात्तीगौंडामा शाखा शुरु गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन बूढानीलकण्ठका नगरप्रमुख उद्धवप्रसाद खरेलले गरेका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पुँजी एकीकृत गरी उद्यमशीलताको विकास गर्नुपर्ने बताए। यसैगरी नगरपालिकाभित्र विभिन्न व्यापार व्यावसायको विस्तारका लागि ग्राहकलाई आवश्यक पुँजी प्रवाहको लक्ष्य राखी बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको बताए।

बैंकका सञ्चालक डा आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो।

गरिमाले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्ट मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकले हालसम्म ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width