पोखरा विश्वविद्यालय र एनजिओ फेडेरेशनविच सम्झौता

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
pu

कार्तिक २६, लेखनाथ । पोखरा विश्वविद्यालय मानविकी संकाय र एनजिओ फेडेरेशन नेपाल कास्की बीच विद्यार्थीको प्रयोगात्मक अभ्यास तथा सीप आदानप्रदान लगायतका विषयमा ५ वर्षे सम्झौता मंगलबार सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालयको तर्फबाट मानवशास्त्र तथा सामाजिक संकायका डिन प्रा. डा. ईन्द्रप्रसाद तिवारी र एनजिओ फेडेरेशन नेपाल कास्कीका अध्यक्ष पदमराज पहारीले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता पत्रमा उक्त संकायका विद्यार्थिलाई सामाजिक अनुसन्धान, तालिम, वर्कसप, सेमिनार, गोष्ठीमा सहभागी गराउनका लागि सहकार्य तथा विद्यार्थीलाई एनजिओ फेडेरेशनमा आवद्ध एनजिओमा ईन्टनसीपको समेत व्यवस्था हुने उल्लेख गरिएको छ ।

मानविकी संकायका दुई कार्यक्रम बि डेभ्स तथा बेक्सका नवआगन्तुक विद्यार्थीलाई अभिमूखीकरणको सन्र्दभमा उक्त सम्झौता गरिएको कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मानविकी संकायका डिन प्रा. डा. तिवारीले उक्त सम्झौता मार्फत विद्यार्थीलाई पढाईसँगै प्रयोगात्मक सीप, ज्ञान आर्जन गर्नुका साथै अनुभव बटुल्न मद्धत गर्ने बताए ।यस्तै एनजिओ फेडेरेशन नेपाल कास्कीका अध्यक्ष पहारीले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान सहित भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त संकायका सह प्राध्यापक डा. अजय थापाले बि डेभ्स तथा बेक्स कार्यक्रमबारे नवआगन्तुक विद्यार्थीलाई जानकारी गराएका थिए भने हेमन्तराज कँडेलले पुस्तकालयका नियमहरु, पुष्पा पौडेलले परीक्षाको मुल्याङ्कन बारे विद्यार्थीलाई जानकारी गराएकी थिईन ।कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले स्वागत गरेको उक्त अभिमुखीकरण कार्यक्रमको समापन कार्यक्रम निर्देशक डा. रामप्रसाद अर्यालले गरेका थिए भने कार्यक्रम सञ्चालन उप प्राध्यापक भरतराज ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…

hero news full width