कम्युनिष्टले मुलुकलाई उल्टो बाटोमा लग्यो -नेता रिजाल

एजेन्सी
कार्तिक २६, २०७६
kaski chingress 2

पोखरा, २६ कात्तिक । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् ।

कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए ।

चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमा सहभागी नेता रिजालले कम्युनिष्टको यस्तै रवैयाले जनता आजित र निराश भएको दावी गरे । नेपालको नयाँ संविधान लोकतान्त्रिक संविधान हो, कम्युनिष्ट संविधान नभएको भन्दै नेता रिजालले सरकार पनि लोकतान्त्रिक पद्धति अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट पारे ।उनले आम जनतामा छाएको निराशालाई उत्साहमा परिणत गर्न कांग्रेसले निर्वाचन जित्नै पर्ने बताए ।

त्यागी नेता खेमराज पौडेललाई चुनाव जिताएर देशैभर सन्देश दिन आवश्यक रहेको भन्दै रिजालले जनताले पनि कम्युनिष्टलाई मन पराउन छाडेको दावी गरे ।
मुलुकमा जसरी भ्रष्टाचार बढेको छ, जसरी विकास निर्माणका काम अवरुद्ध छन्, मुलुकको हित विपरितको गतिविधि भएका छन् त्यसलाई रोक्न कास्की–२ का जनताले नेतृत्व गर्नुपर्ने खाँचो औंल्याए ।कास्की कांग्रसको चुनाव प्रचार अभियान अन्तर्गत आज मंगलबार दिनभर पोखरा–१७ का मतदातासंग भेटघाट गर्ने कार्यक्रम छ ।

घरदैलो अभियान कांग्रेस नेता डा. रिजाल, उम्मेदवार खेमराज पौडेल, कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार अभियानका कमाण्डर कृष्ण केसीसहित नगरसभापति वजीरमान श्रेष्ठ, नेता देवराज चालिसे, वडा सभापति देवराज आचार्य लगायत नेता कार्यकर्ता पनि सहभागी छन् । पोखरा–१७ को नेतृत्व पनि कास्की सभापति केसीले नै गरेका छन् ।

मतदातामा उत्साह

पोखरा–१७ मा घरदैलो चल्दै गर्दा सोही क्षेत्रका ९२ वर्षीय टंकनाथ लम्साल पनि सहभागी भए । यसक्रममा उनको हातमा रुद्राक्षको माला थियो । उनले आफू आजीवन कांग्रेसको पक्षमा उभिएको बताए । मुलुकमा कांग्रेसबाहेक अन्य पार्टीबाट केही आशा गर्न नसकिने बताए ।

संविधान कांग्रेसको पालामा बनेको भन्दै लम्सालले २४० वर्षको राजतन्त्र अन्त्य पनि कांग्रेसकै अगुवाईमा भएको बताए । आफू चुनाव प्रचारमा कहिल्यै नहिंडेको भन्दै उनले यस पटक त्यागी नेता खेमराज पौडेल उम्मेदवार बनेकाले आफूलाई निकै खुशी लागेको बताए । ‘पार्टीले पूराना मान्छेलाई बल्ल चिनेको छ, त्यही खुशीमा म पनि खेमराजलाई आशिर्वाद दिन यहाँ आएको हुँ’, उनले भने ।त्यागी नेता खेमराजलाई जसरी पनि जिताउनै पर्ने भन्दै उनले खेमराजलाई जिताउन नसकिए त्यो भन्दा ठूलो अन्याय केही नहुने बताए ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width