नागढुंगामा सिसी क्यामेरा जडान

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
cc camera

पोखरा ८, नागढुंगास्थित सिद्धार्थ राजमार्ग र यससँग जोडिएका ९ वटा सहायक सडक क्षेत्रमा २२ वटा सिसी क्यामेरा जडान गरिएको छ।

नागढुंगा विकास समाजको सिद्धार्थ मार्ग सिसी क्यामेरा जडित क्षेत्र अभियानअन्तर्गत क्यामेरा जडान गरिएको हो। स्थानीयबाट सहयोग जुटाएर करीब ५ लाखको लागतमा क्यामेरा जडान गरिएको सल्लाहकार भीमनाथ बरालले जानकारी दिए।

सीसी क्यामेरा शुभारम्भ गर्दै पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले नागढुंगा विकास समाज महानगरकै उत्कृष्ट संस्था भएको बताए। वडा सदस्य कृष्णमान ठुसाजुले समाजको पहलमा भएको सृजनात्मक कामले आफूलाई निकै उत्साहित बनाएको उल्लेख गरे।

वडा प्रहरी कार्यालय बैदामका निरीक्षक बुद्धिसागर पुरीले सिसी क्यामेराको प्रभावकारिता कायम राख्न छिट्टै विशेष कार्यक्रम ल्याइने बताए।

कार्यक्रममा पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरिया, स्थानीय चण्डीप्रसाद अर्याल, संस्थापक अध्यक्ष एकनारायण ढकालले बोलेका थिए।

त्यस अवसरमा क्यामेरा तथा बत्ती जडान उपसमिति संयोजक नरबहादुर थापा, स्थानीय प्राविधिक चण्डीप्रसाद अर्याल, ऋषिराम शर्मा, गंगादेवी ढकाल र प्राविधिक मातृका पोखरेललाई सम्मान गरिएको थियो।

क्यामेराको सुरक्षार्थ नरबहादुर थापा संयोजक, केशवराज ढकाल तथा चण्डीप्रसाद अर्याल सदस्य रहेको ३ सदस्यीय संरक्षण उपसमिति गठन गरिएको छ। उपसमिति सल्लाहकारमा बैदाम प्रहरी निरीक्षक बुद्धिसागर पुरी, अस्थायी प्रहरी पोष्ट सृजनाचोकका इन्चार्ज यामप्रसाद गौतम, वडा सदस्य लक्ष्मी कौशल छन्।

समाजका अध्यक्ष डम्मरराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम सचिव अपिला बरालले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width